गृहपृष्ठ Featured बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ

बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ

१५ पुस, कपिलवस्तु ।

बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ परेका छन् ।

उनीहरुलाई नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका– ८ शिंहखोरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमान छन् ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

सम्बन्धित् समाचार