गृहपृष्ठ Featured नेपाल टी–२० : पोखरासँग लुम्बिनीको पहिलो हार

नेपाल टी–२० : पोखरासँग लुम्बिनीको पहिलो हार

काठमाडौँ ।

नेपाल टी–२० मा लुम्बिनी अल स्टार्सले शनिबार पहिलो हार बेहोरेको छ । टीयू क्रिकेट मैदानमा उसलाई पोखरा एभेन्जर्सले सजिलै नौ विकेटले हराएको हो । हारका बावजुत लुम्बिनी छ खेलबाट १० अंकमा शीर्ष स्थानमै छ ।

प्रतियोगितामा खराब सुरुआत लिएको पोखराले भने पछिल्ला दुई खेल जितेको छ र चार अंक बटुलेको छ ।

पोखराको जितमा आसिफ सेख नायक रहे र उनले नटआउट रहेर ६२ बलमा ७७ रन बनाए । त्यसैले मदतले जितका लागि १ सय २८ पछ्याएको पोखराले १८.२ ओभरमा एक विकेट मात्र गुमाएर आवश्यक रन बनायो । ‘प्लेयर अफ द म्याच’ आसिफले नौ चौका बनाए र आरिफ सेखसँग दोस्रो विकेटका लागि निर्णायक र तथा नटआउट ९५ रनको साझेदारी गरे ।

आरिसफले २६ रन बनाए । त्यस अगाडि लुम्बिनीले १९.५ ओरमा १ सय २७ रन बनाएर अलआउट भएको थियो । विपिन खत्री र जाहिर खानले तीन तीन विकेट लिएपछि लुम्बिनी सस्तोमै समेटिएको हो । उसका लागि हरमिन सिंहले २१ बलमा बनाएको ३८ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो ।

सम्बन्धित् समाचार