गृहपृष्ठ Featured माओवादी लुम्बिनीको दलको नेता चयनमा ढिलाई

माओवादी लुम्बिनीको दलको नेता चयनमा ढिलाई

रुपन्देही ।

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट दलको नेतामा एक्लो आकांक्षी हुँदा पनि अझै टुंगिएको छैन ।

माओवादी स्थायी समिति सदस्य रहेका रोल्पाका जोखबहादुर महरा यहाँका सशक्त दाबेदार छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा लामो समय काम गरेका छन् । दलको नेतामा अन्यले दाबी गरेका छैनन् ।

तर, प्रमुख सचेतक र सचेतकमा भने तुलाराम घर्ती र कृष्णा केसीले दाबी गर्दै आएका छन् । घर्ती यसअघि पनि प्रमुख सचेतक भएकाले स्वाभाविक दाबी रहेको र कृष्णा एकमात्र निर्वाचित महिला सांसद भएको भन्दै बताइरहेका छन् ।

सांसद तुलाराम घर्तीले पहिले शपथग्रहण सकेपछि नेतृत्वका विषयमा दलको बैठक बसेर टुंगाइने जानकारी दिए ।

माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले आइतबार नै दलको नेता छनोट हुने र प्रदेशमा मुख्यमन्त्रीको दाबी आफ्नो रहेको बताए ।

सम्बन्धित् समाचार