गृहपृष्ठ अर्थ/वाणिज्य व्यवसायीलाई मानसिक तनाव दिए बैंकमा ताला लगाउँछौं : अध्यक्ष घिमिरे

व्यवसायीलाई मानसिक तनाव दिए बैंकमा ताला लगाउँछौं : अध्यक्ष घिमिरे

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीलाई मानसिक तनाव दिए बैंकमा ताला लगाउने चेतावनी दिएका छन् । अहिले व्यवसायीहरु आर्थिक मारमा परेको भन्दै यस्तो अवस्थामा थप मानसिक दबाब दिए बैंकहरुमा तालाबन्दी गर्ने उनीको चेतावनी छ ।

सोमबार बैङ्क तथा वित्तीय संस्थाबाट भएको चर्को ब्याजदर वृद्धि तथा राष्ट्र बैङ्कले जारी गरेको चालु पुँजी कर्जा निर्देशिका २०७९ का विरुद्धमा कपिलवस्तु उद्योग बाणिज्य संघले जनप्रतिनिधि र बैंकका प्रमुखसंग गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् । व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन उनले आग्रह गरे ।

उनले व्यवासायीहरुका मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए । बैंकहरुले पनि व्यवसाय धरासायी भएको अवस्थामा व्यवसायीहरुको समस्यालाई बुझेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाहरुको ऋण तिर्ने बताउँदै उनले भने, ‘हामीले ऋण तिर्दैनौ भनेका छैनौ । तर अहिले व्यवसायको पक्षमा बजार छैन् । यो अवस्था बुझिदिन पर्यो भन्ने हाम्रो माग हो ।’

सम्बन्धित् समाचार