गृहपृष्ठ Featured जाडो बढेपछि रुपन्देहीको रोहिणीका विद्यालय एक साता बन्द

जाडो बढेपछि रुपन्देहीको रोहिणीका विद्यालय एक साता बन्द

रुपन्देही ।

जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालय एक सातासम्मका लागि बन्द हुने भएका छन् ।

जाडोमा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस १९ देखि २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

 

गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे बिदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरू बन्द रहने जनाएको छ ।

 

सम्बन्धित् समाचार