पश्चिम नवलपरासीमा प्रहरीले सोमबार २ लाख बढीको अवैध चिनी र मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर, इलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेशपुरको टोलीले बर्दघाटबाट अवैध चिनी र मल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार विशेष सूचनाको आधारमा बर्दघाट नगरपालिका १३ धनेवाका पिताम्बर पौडेलको खाली गोठमा भण्डारण गरी राखेको १ लाख बढीको ३३ बोरा चिनी, ३१ हजार बढीको ३८ बोरा डिएपी मल र १ लाख बढीको १ सय २१ बोरा युरिया मल बलामद गरिएकाे हाे ।
बरामद मल र चिनी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा राखिएको छ । चिनी र मलको अवैध आयातमा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
विल विजक नभेटिएको र भन्सार तिरेको रसिद समेत नभेटिएकाले मल र चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।








