गृहपृष्ठ Featured पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीकाे निर्देशन

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीकाे निर्देशन

प्रकाशित मिति:

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोही बमोजिम मूल्य समायोजन गर्न दाहालले वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई बोलाएर प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् । पछिल्लो समय इन्धनको मूल्य समग्रमा घटेर आउँदा नेपाल आयल निगम पाक्षिक करिब ९९ करोड नाफामा रहने अनुमान छ ।

यद्यपि पहिलेको नोक्सानका कारण निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब छ । त्यही बक्याैता र ऋणका कारण निगमले मूल्य घट्दा पनि समायोजन गर्न चाहिरहेको छैन ।

सम्बन्धित् समाचार