गृहपृष्ठ Featured कपिलवस्तुको महाराजगंजमा आगलागी

कपिलवस्तुको महाराजगंजमा आगलागी

वैखरी अनलाईन, महाराजगंज ।

कपिलवस्तुको महाराजगंजमा आगलागी भएको छ । जिल्लाको महाराजगंज नगरपालिका- ५ दुदुरा गाउँका अवधराम कुर्मीको घरमा आगलागी भएको हो । कर्मीको घरमा गएराती १० बजेतिर बिद्युतको तार सर्ट भई आगलागी भएको स्थानीयले जानकारी दिएका छन् ।

आगलागीबाट मानवीय क्षति नभएको तर खाद्यान्न तथा लत्ताकपडा पुर्ण रुपमा नष्ट भएको छ ।

आगलागी भएका कुर्मीको आर्थिक अवस्था कमजोर भएकाले गाँस, बास र कपासको थप संकट हुन सक्ने स्थानीय प्रमोद चौधरीले बताए ।

सम्बन्धित् समाचार