गृहपृष्ठ Featured बुटवलमा लघुवित्त खारेजी माग गर्दै आन्दोलन

बुटवलमा लघुवित्त खारेजी माग गर्दै आन्दोलन

रुपन्देही ।

बुटवलमा पनि लघुवित्त खारेजीको आन्दोलन उठेको छ ।

लघुवित्तको खोलमा ठगी बढेको गुनासो गर्दै बुटवल बजारमा प्रदर्शन गरेका हुन् ।

देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्त विरुद्ध संघर्ष समितिले बिहीबार निकालेको विरोध र्‍यालीमा सहभागीहरू अधिकांश महिला थिए । पीडितहरूले सहभागीले सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गरलगायतका नारा लगाएका छन् ।

समितिका अध्यक्ष मनिराम ज्ञवालीले ‘नवसामन्ति’ को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग रहेको बताए ।

सम्बन्धित् समाचार