कपिलवस्तु ।
कपिलवस्तुमा अतिबिपन्न र गरिब परिवारको पहिचान गरी न्यानो कपडा बाडने तयारी गरिएको छ । शीतलहरसंग बढदै गएको जाडोले बिपन्न परिवार मारमा परे पछि उनीहरुलाई जिल्ला बिपद ब्यवस्थापन समिति र पालिकाहरुले पहिचान गरी न्यानो कपडा बितरण तयारी गरेका हुन । कपिलवस्तुको तौलिहवामा बिहीवार संपन्न जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले बिपन्न र गरिब परिवारको पहिचान गरी समितिलाई नामावली बुझाउने र त्यसैका आधारमा न्यानो कपडा बितरण गर्ने तयारी गरिएको प्रजिअ तथा समितिका अध्यक्ष धर्मेन्द्र कुमार मिश्रले बताए ।
बिपन्नकालागि न्यानो कपडा बितरण गर्न केन्द्रसंग माग गरिएको उनले बताए । सो अवसरमा बृद्धुभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले जाडो र शीतलहरलाइृ मध्यनजर गर्दै आफनो पालिका वडाहरुमा बिपन्न र गरिब परिवारलाई कम्बल लगायतका न्यानो कपडा बितरण कायै जारी राखेको बताए ।
उनले आफना पालिकाले जाडो याममा हरेक बर्ष न्याने कपडा बितरण कार्य गर्दै आएको बताए । उता मायादेबी गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले समेत आफनो पालिकाको वडाहरुले बिपन्न परिवारलाई न्यानो कपडा बाडने कार्यलाई अघि बढाएको बताए । समितिले शीत लहर आकस्मिक कार्य योजनाम २०७९ समेत पारित गरेको छ । यस्तै शीत लहरलमा सबै पालिकाका चोक चौराहामा दाउरा बाडन समेत समितिले निर्णय गरेको छ । केही दिन अघि तिलौराकोट साझेदारी वनले आफनो कार्य क्षेत्रमा दाउरा बाडि सेकेको छ ।
यस्तै कपिलवस्तु नगरपालिकाले बुधवार देखि नै सबै वडाका चोक चौराहामा दाउरा बाडेको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए । बिपद ब्यवस्थापनसंग सम्बन्धी सुचना आदानप्रदान गर्ने र लक्षित बर्ग सम्म राहत पुग्ने गरी सुनिश्तिताका लागि सबैले पहल गर्ने समेत निर्णय गरिएको छ । यसैगरी पालिकाको बिपद फोकल पर्सनहरु एक आपसमा आबद्ध रही सुचना आदानप्रदान गर्न बाट्सप गु्रप बनाउने र बिपद अगाबै कार्य योजना समेत तयार गर्ने निर्णय गरिएको छ ।
जिल्ला बिपद ब्यवस्थापन कोषबाट ३२ जनालाई कुल १ लाख ९६ हजार ५ सय तथा तथा लुम्बिनी प्रदेशबाट पाएको अख्तियारीमा ८ लाख राहत प्राप्त भएको पेश गरिएको बिवरण समेत पास गरिएको छ ।








