महत्त्वपूर्ण ऐतिहासिक पुरातात्त्विक स्थल गोटिहवामा ऐन विपरीत पक्की संरचना निर्माण गरिएको छ।
पुरातत्त्व विभागको स्किृति बिना कपिलवस्तु नगरपालिका- ५ स्थित गोटिहवामा पर्ने बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गोटिहवामा पुरातात्त्विक स्थल संरक्षण गर्ने निकाय लुम्बिनी विकास कोषले भौतिक संरचना निर्माण थालेको हो।
कोषले गोहिटवा स्थित अशोक स्तम्भको पूर्व पट्टी स्थायी संरचना पक्की शौचालय निर्माण कार्य अघि बढाएको हो। डेढ सात अघि देखि संरचना निर्माण भइरहेको छ। शौचालयका लागि ठुलो खाल्टो खनेर पक्की ट्याङ्क निर्माण गरिएको छ र अहिले पक्की शौचालय निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ।
स्रोतका अनुसार हतार हतार गरेर डकर्मीले निर्माण गरिरहेका छन्, ‘कहीँ कतै कसैले थाहा पाए निर्माण काम रोकिन्छ भन्ने डरले प्राचीन स्मारक र पुरातात्त्विक स्थल संरक्षण गर्न बनाइएको नेपाल प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत छ।’
पुरातत्त्व विभागका प्रवक्ता तथा प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुबरले आफूहरूलाई गोटहीवामा निर्माण सुरु गरिएको संरचना बारे केही थाहा नभएको बताए। उनले विभागको स्किृति बेगर पुरातात्त्विक क्षेत्रका कुनै स्थायी संरचना निर्माण गर्न नपाइने बताए।
ुसंरक्षण ऐन अनुसार पुरातात्त्विक क्षेत्रमा पक्की संरचना बनाउन पाइँदैनु उनले भने। अधिकृत कुवरले यस बारे आफुले सोधखोज र कोषसँग सोध्ने बताए।