गृहपृष्ठ Featured सिटीलाई महत्त्वपूर्ण तीन अंक

सिटीलाई महत्त्वपूर्ण तीन अंक

काठमाडौं ।

दोस्रो हाफमा वैकल्पिक खेलाडी रियाद महारेजले गरेको गोलमा बिहीबार राति म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा चेल्सीलाई १–० ले पराजित गरेको छ । जितसँगै सविक विजेता सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी पाँच अंकमा छोट्याएको छ ।

पेप ग्वार्डिओलाको सिटीले ६३ औँ मिनेटमा महारेजको गोलबाट अग्रता लिन सफल भएको थियो । त्यही गोल सिटीको जितमा निर्णायक बन्यो । महारेजले ज्याक ग्रेलिसको क्रसमा गोल गरेका थिए ।

महारेजले मैदान छिरेको तीन मिनेटमै गोल गरेका थिए । उनी ६० औँ मिनेटमा बर्नार्डो सिल्भाको स्थानमा मैदान छिरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले दोस्रो हाफको सुरुमै दुई र ६० औँ मिनेटमा दुई खेलाडी परिवर्तन गरेका थिए ।

उनको त्यो रणनीति सफल पनि भयो र सिटीले महत्त्वपूर्ण तीन अंक लिन सफल भयो । जसमा प्रशिक्षक ग्वार्डिओला हर्षित मुद्रामा देखिए । उनले ठूलै राहत महसुस गरे । उनले पहिलो हाफमा टिमले एकदमै सुस्त खेलेको प्रतिक्रिया दिए ।

सम्बन्धित् समाचार