गृहपृष्ठ Featured दाङमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

दाङमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

दाङ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् ।

उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित् समाचार