गृहपृष्ठ Featured दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव सुरु

दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव सुरु

प्रकाशित मिति:

दाङ ।

दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ। थारु कल्याणकारिणीसभा दाङको आयोजनामा सुरु भएको माघ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले गरे ।

उनले थारु समुदायको कला संस्कृति संरक्षण र प्रर्वद्धनमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफ्नो कला संस्कृतिको संरक्षणमा लाग्न सिंगो थारु समुदायलाइ आग्रह गरे ।

दुईदिनसम्म चल्ने महोत्सवमा थारु कला, संस्कृति, भेषभुषा, झल्कने गरिने विभिन्न प्रर्दशनी राखिएको छ । महोत्सवको थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौं थारु भाषाको पुस्तकहरु र थारु परिकारहरु प्रर्दशनीमा राखिएको छ ।

महोत्सवको १५ हजारबढीले अवलोकन गर्ने आँकलन गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार