गृहपृष्ठ Featured गृह मन्त्रालयको निर्देशनपछि कपिलवस्तुका १५ क्रसर उद्योग बन्द

गृह मन्त्रालयको निर्देशनपछि कपिलवस्तुका १५ क्रसर उद्योग बन्द

कपिलवस्तु।

जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका १५ क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरे पछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए ।

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको ११ वटा, बिजयनगर गाउपालिकाको २ वटा र बुद्धभुमी नगरपालिका र कृष्णनगर नगरपालिका स्थित एउटा एउटा क्रसर उद्योग बन्द गराइएका हुन ।

३३ मध्ये १५ वटा बन्द गराइएका छन भने बाकी १८ वटा पहिले देखि नै बन्द अवस्थमा रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए ।

सम्बन्धित् समाचार