गृहपृष्ठ Featured बुद्धभूमिमा सम्पन्न मेयर कपको उपाधि वडा नम्बर ९ ले जित्यो

बुद्धभूमिमा सम्पन्न मेयर कपको उपाधि वडा नम्बर ९ ले जित्यो

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सम्पन्न मेयर कपको उपाधि वडा नम्बर ९ ले जितेको छ । नगरपालिकाको खेल मैदान बुड्ढीमा यही पौष १९ गतेदेखि सुरु भएको मेयर कप आज आईतबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको हो । मेयर कपको उपविजेता वडा नम्बर ३ भएको छ भने वडा नम्बर १ तृतीय भएको छ ।

प्रतियोगिताका विजेताहरुलाई मेयर केशवकुमार श्रेष्ठले नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

मेयर श्रेष्ठले खेलकुदले व्यक्तिको शारिरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास गर्न अहम भूमिका निर्वाह गर्ने बताए । उनले प्रतियोगिताले सहभागि खेलाडिलाई आफ्नो खेल सिप थप विकास गर्न मद्दत गरेको बताए । उनले खेलकुदकै माध्यमबाट वडा, नगर हुदैं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने बताए ।

उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेको र खेलाडीहरुको खेल सिप विकासलाई आगी आगामी दिनमा पनि विभिन्न प्रतियोगिताहरु संचालन गर्दै जाने प्रतिवद्धता जनाए । उनले प्रतियोगिता भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिएका छन् ।

नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा उपसचिव लिल बहादुर राउत क्षेत्रीसहित शिक्षक, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार