गृहपृष्ठ Featured बाँकेमा ३६ बालबालिकामा दादुरा पुष्टि

बाँकेमा ३६ बालबालिकामा दादुरा पुष्टि

प्रकाशित मिति:

बाँके  ।

नेपालगन्जमा अस्पताल र चिकित्सकको कुनै कमी छैन । विशेषज्ञसहितको उपचार सेवा दिन सक्ने क्षमताका सरकारी र निजी अस्पताल यहाँ प्रशस्तै छन् । तर, दादुराको संक्रमणले शिशुहरूको ज्यानै जान थाल्दासमेत अभिभावकले संक्रमित बालबालिकालाई अस्पताल पुर्‍याएका छैनन् ।

नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने शिशुको पुस १३ मा मृत्यु भयो । मृत्यु हुने शिशुको घर–छिमेकमा अरू पनि संक्रमित छन् । तर, कसैलाई पनि अहिलेसम्म अस्पताल पुर्‍याइएको छैन । स्वास्थ्य कार्यालय बाँके र उपमहानगरको स्वास्थ्य महाशाखाले शनिबारसम्म उपमहानगरमा दादुराका ३६ जना संक्रमित फेला पारेको जनाएको छ ।

तीमध्ये कसैलाई पनि उपचार गर्न अस्पताल नलगिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । ‘अस्पताल ल्याएर उपचार गराउन धेरै आग्रह गरियो । अभिभावकलाई धेरैपटक सम्झाइबुझाइ गरियो,’ उनले भने, ‘बजारमा ठूला अस्पताल छन् । तर, बिरामी घरघरै छन् । अस्पताल ल्याऊ भन्दा मान्दैनन् ।’ स्वयंसेविका परिचालन गरी घरघरै पुगेर स्वास्थ्यप्रति हेलचेक्र्याइँ नगर्न अनुरोध गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

सम्बन्धित् समाचार