कपिलवस्तु ।
राप्रपा कपिलवस्तुले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ ।
कृष्णनगरमा हुने उक्त कार्यक्रम सम्पन्न गर्न राप्रपाले जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरेकोराप्रपाका केन्द्रीय सदस्य ध्रुब रायमाझिले जानकारी दिए ।

यस्तै कृष्णनगर नगर सभापति जय प्रकाश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।
नेपालको एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका पृथ्वी नारायण शाहको ३ सय १ औ जन्मजयन्ती पुस २७ हो ।
केन्द्रीय सदस्य रायमाझिले नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्र निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै राप्रपाले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको बताए । उनले उक्त दिन सार्वजनिक बिदा दिन सरकारसँग माग समेत गरे ।
शाहको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिन्छ ।








