गृहपृष्ठ Featured भारतले कोहलीको ७३औं अन्तर्राष्ट्रिय शतकमा श्रीलंकालाई हरायो

भारतले कोहलीको ७३औं अन्तर्राष्ट्रिय शतकमा श्रीलंकालाई हरायो

विराट कोहलीको ७३औं अन्तर्राष्ट्रिय शतकको मद्दतमा भारतले पहिलो वान डेमा मंगलबार राति श्रीलंकालाई ६७ रनले पराजित गरेको छ । कोहलीले दुई पल्ट जीवनदान पाए र ८७ बलमा १ सय १३ रन बनाए ।

रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १ सय ४३ रनको ठोस साझेदारी गरेपछि पहिले ब्याटिङ गरेको भारतले सात विकेटमा ३ सय ७३ बनाएको थियो ।

जवाफमा श्रीलंकाले आठ विकेट गुमाएर ३ सय ६ रन मात्र बनाउन सक्यो । त्यसमा कप्तान डसुन सनका १ सय ८ रन बनाएर नटआउट रहे । कोहलीले भने आफ्नो वान डे खेल जीवनको ४५औं शतक बनाए ।

सम्बन्धित् समाचार