कपिलवस्तु ।
आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वि.सं २०६५ सालमा स्थापना भई हाल १४ वर्ष पूरा गरि १५ औं वर्षमा सफलतापूर्वक सञ्चालनमा रहेको हो ।
सभाको उदघाटन गर्दै लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले संस्था निरन्तर सेवाग्राही तथा सदस्यहरुको विश्वास जित्दै अगाडी बढ्दै गएकोमा संस्थालाई शुभकामना व्यक्त गरेका थिए । कपिलवस्तु नगरपालिका वडा न. ३ का वडा अध्यक्ष रुद्र प्रसाद (प्रकाश) गैरेले यो संस्थाले स्थापना कालदेखी सेवाग्राही तथा शेयर सदस्यहरुको विश्वास जित्दै आएको र आगामी दिनमा पनि विश्वास जोगाई राख्छ भनी आफनो मनतव्य राखेका थिए ।
यसैगरि यस संस्थाका अध्यक्ष प्रकाश घिमिरेले यो संस्थाको मुख्य उदेश्य आर्थिक अवस्था कमजोर भएका गरिव विपन्न परिवारको आफ्नो अंशको केही कमाई भएपनि बचत गराउनु नै रहेको बताए । आर्थिक अवस्था कमजोर रहेको, गरिब, विपन्न तथा पिछडिएका परिवारवबाट बचत गराउने र ती परिवार तथा समुदायलाई व्यापार व्यवसायमा पहुच पु¥याउनका लागि यो संस्थाले काम गरिरहेको यस संस्थाका अध्यक्ष प्रकाश घिमिरेले बताए ।
संस्थामा आर्थिक वर्ष ०७८/०७९ को तथ्याङ्क कुल २ हजार २ सय ७३ जना बचतकर्ता छन् । जसमध्ये ६ वटा संस्थागत बचत गर्ने संस्था रहेको छ । यस संस्थाको लगभग ३ करोड बढी ऋण लगानी रहेका छ भने यस मध्ये कतिपय ऋणीहरु समयमा व्याज सावा तथा कर्जा नतिर्ने गरेको अध्यक्ष घिमिरेले बताए ।
कर्जा तिर्नबाट टाढा भाग्नेलाई सम्पर्कमा ल्याउने र जसरी भएपनि कर्जा असुल गर्ने अध्यक्ष घिमिरे बताए । प्रगति प्रतिबेदन सचिव कृष्ण मोहन शुक्लार आर्थिक प्रतिबेदन लेखा संयोजक राधेश्याम मिश्राले गरेका थिए । गत आर्थिक बर्ष संस्थाले ४ करोड बढी संकलन गरेको छ । कार्यक्रममा असर रिनी र असल बचतकर्ता गरी ९ जनालाई सम्मानित समेत गरिएको थियो ।
प्रकाश घिमिरको अध्यक्षता, कृष्ण मोहन शर्माको संचालनमा भएको कार्यक्रममा बिष्णु सिंह रायमाझीले स्वागत मन्तब्य दिएका थिए ।
यस कार्यक्रमका सञ्चालन यसै संस्थाका सचिव कृष्ण मोहन शुक्लाले गरेका थिए ।








