गृहपृष्ठ Featured पाल्पामा बसको ठक्करबाट ७७ वर्षीया वृद्धाको मृत्यु

पाल्पामा बसको ठक्करबाट ७७ वर्षीया वृद्धाको मृत्यु

पाल्पा ।

पाल्पामा बसको ठक्करबाट तानसेन नगरपालिका वडा नं. १२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको छ । गुल्मीबाट बिहीबार बुटवल जाँदै गरेको  लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बसको ठक्करले सख्त घाइते भएकी विकलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही बसबाट झरेर घरतर्फ जाने क्रममा उनलाई बसले ठक्कर दिएको हो । चालक र सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । तानसेन-रिडी सडक बन्द भएकाले लुहुङ हुँदै गुल्मी जाने सवारी साधन सञ्चालनमा छन् ।

सम्बन्धित् समाचार