गृहपृष्ठ Featured भारतमा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु

भारतमा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु

भारतको महाराष्ट्र प्रान्तको नासिक जिल्लामा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु भएको छ। शुक्रबार बिहान सिन्नर–शिरडी राजमार्गको पठारे गाउँनजिकै दुर्घटना भएको हो ।  दुर्घटनामा कयौं  घाइते भएको बीबीसीले जनाएको छ।

अम्बरनाथबाट शिरडी जाँदै गरेको बसमा करिब ५० जना सवार थिए । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुनेमा ७ महिला,दुई बालक र एक पुरुष  छन्।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या अझै बढ्नसक्ने अनुमान  गरिएको छ।

सम्बन्धित् समाचार