गृहपृष्ठ Featured कपिलवस्तुको शिवराजमा करेन्ट लागेर एक महिलाको मृत्यु

कपिलवस्तुको शिवराजमा करेन्ट लागेर एक महिलाको मृत्यु

कपिलवस्तु ।

जिल्लाको शिवराज नगरपालिका– २ हल्लानगरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रवार दिउँसो ३३ वर्षीया लालमती पुनको करेन्ट लागेर मृत्यु भएको हो ।

धोएको कपडा घरको आँगनमा रहेको फलामको तारमा सुकाउने क्रममा करेन्ट लाग्दाँ उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नाउब उपरिक्षक मीन बहादुर घलले बताए ।

घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार