गृहपृष्ठ Featured गुल्मीको रिडीमा माघे संक्रान्ति मेला : भक्तजनको घुँइचो

गुल्मीको रिडीमा माघे संक्रान्ति मेला : भक्तजनको घुँइचो

गुल्मी ।

तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा मागे संक्रान्ति मेलाको अवसरमा श्रद्धालु भत्तजनको घुँइचो लागेको छ ।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा रिडीस्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ ।

माघे संक्रान्तिदेखि तीनदिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने  विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो ।

चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे संक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्द छ । माघे संक्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पूरा हुनेसँगै सन्तोष नहुने भक्तजनहरुको भनाइ रहेको छ ।

सम्बन्धित् समाचार