पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा कार चालकको मृत्यु भएको छ । भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका- १२ भुमही नजिकै भएको दुर्घटनामा ३५ वर्षीय ईन्द्रमणि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।








