गृहपृष्ठ Featured नेपालगञ्जमा तीब्र बन्दै दादुराको संक्रमण

नेपालगञ्जमा तीब्र बन्दै दादुराको संक्रमण

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा देखिएको दादुरा संक्रमण तीब्र बन्दै गएको छ । उपमहानगरका २३ वडामध्ये १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमित बालबालिकाको संख्या १८८ पुगेको छ ।

नेपालगञ्जमा गत शनिबार एकैदिन २० जना र आइतबार १२ जना संक्रमित थपिएका थिए । १५ वडामध्ये ४, ५, ६, ९ र १२ नम्बर वडामा २० भन्दा बढी संक्रमित छन् भने ४ नम्बर वडामा ३१ महिने एक बालकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको तथ्यांकअनुसार हालसम्म संक्रमित १८८ मध्ये १३१ जना निको भएको र ५७ जना अझै होम आइसोलेसनमा रहेका छन् ।

पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेमा दादुरा नियन्त्रण बाहिर भएपछि नेपालगञ्जमा खोप कार्यक्रमलाई तीब्रता दिइएको छ ।

सम्बन्धित् समाचार