पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ । सोमबार काठमाडौंको माइतीघरमा युवाहरूको समूहले विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।
त्यस्तै लुम्बिनी र गोरखामा पनि मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।








