गृहपृष्ठ Featured चौथो बाणगंगा नगर स्तरीय माघी महोत्सव एकदिनका लागी स्थगित

चौथो बाणगंगा नगर स्तरीय माघी महोत्सव एकदिनका लागी स्थगित

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका- ९ कपिलवधाममा जारी चौथो बाणगंगा नगर स्तरीय माघी महोत्सव एक दिनका लागी स्थगित भएको छ । बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा आज सोमबार एक जनाको मृत्यु भएको थियो ।

ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको हो । आयोजकले महोत्सब एक दिन स्थगित गरेर शोक मनाउने निर्णय गरेको जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित् समाचार