वैखरी अनलाईन, शिवराज ।
जिल्लाको शिवराजमा जेष्ठ नगारिकलाई घर दैलोमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईने भएको छ । जेष्ठ नागरिक ६८ वर्ष माथि र पुर्ण अपाङ्गता ‘क’ भएका र अति अशक्त ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूले सम्बन्धित वडा कार्यालयमा सन्चालन हुने बैकिङ्ग शिविर मार्फत भत्ता पाउन सक्नेछन ।
यसले बैकहरुमा लामो लाइन बस्न र दिन भरी कुर्नु पर्ने बाध्यतालाई अब हटेको छ ।
जेष्ठ नगारिकको सम्मान गर्दै उनिहरुले पाउने सामाजिक भत्ता नगरपालिकाले बैकिङ शिबिर सन्चालन गरि वडाहरुबाट बितरण गर्ने भएको हो ।








