गृहपृष्ठ Featured बैरियामा ग्यालेक्सि बहुउद्देश्यीय सहकारीको उद्घाटन

बैरियामा ग्यालेक्सि बहुउद्देश्यीय सहकारीको उद्घाटन

कपिलवस्तु ।

जिल्लाको बाणगंगा नगरपालिकामा ग्यालेक्सी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ । उक्त सहकारीको बाणगंगा नगरपालिका-१ बैरियामा कार्यालय स्थापना गरि सेवा सुरु गरिएको हो ।

नागरिकहरुलाई आर्थिक कारोबारमा सक्रिय बनाई सहकारीको माध्यमबाट जिविकोपार्जनमा समेत लाग्न प्रोत्साहित गर्ने उद्देश्यले

सहकारीको स्थापना गरिएको सहकारीका चियर मेन ललित कुमार बेल्वासेले जानकारी दिए ।

२०७९ श्रावण ९ गते लुम्बिनी प्रदेश सहकारी संघमा दर्ता भई संचालनमा रहेको ग्यालेक्सि बहुउद्देश्यीय सहकारीको हाल प्रदेशका तीन जिल्लामा सेवा क्षेत्र विस्तार भईसकेको छ ।

रुपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लामा सेवा क्षेत्र रहेको यो सहकारीमा कपिलवस्तुका लागि सुरुवाती चरणमा ७५ जना सदस्य छन् । कुल ७५ लाख पुँजीबाट बैरीयामा सहकारी संचालन गरिएको हो ।

सम्बन्धित् समाचार