गृहपृष्ठ Featured राजीनामा दिँदै न्युजिल्याण्डकी प्रधानमन्त्री

राजीनामा दिँदै न्युजिल्याण्डकी प्रधानमन्त्री

आगामी फेब्रुअरी ७ अगाडि नै न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले राजीनामा दिने भएकी छिन् । बीबीसीका अनुसार आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम चुनाव हुँदैछ।

चुनाव हुनु अगाडि नै आर्डेनको राजीनामा आउने घोषणा आएको हो। आफ्नो राजीनामा घोषणामा आर्डेनले नयाँ चुनावलाई नयाँ पार्टी ‘सैनिक’ आवश्यक परेको भन्दै राजीनामा दिने बताएकी छिन।

उनले आफ्नो राजीनामापछिको समय श्रीमान् र छोरीलाई दिने बताएकी छिन् । सन २०१७ मा प्रधानमन्त्री हुँदा आर्डेन ३७ वर्षकी थिइन। उनी त्यो बेला सबैभन्दा कान्छी प्रधानमन्त्री थिइन।

न्युजिल्याण्डको छिमेकी देश अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानेसले आर्डेनको राजीनामा बारेमा टिप्पणी गर्दै लेखेका छन्, ‘जसिन्डाले दुनियाँलाई बुद्धिमता र शक्तिले कसरी नेतृत्व गर्ने भन्ने देखाएकी छिन् ।’

सम्बन्धित् समाचार