गृहपृष्ठ Featured हुम्लामा हिउँ पर्न सुरू

हुम्लामा हिउँ पर्न सुरू

प्रकाशित मिति:

काठमाडौं ।

हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिउँ पर्न सुरू गरेको छ । विगत वर्षहरुमा मंसिर अन्तिमदेखि हिउँ पर्ने गरेकोमा यो वर्ष ढिला गरी हिमपात भएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँदे वर्षा सुरू भएसँगै हुम्लामा हिउँ परेको हो । जिल्लाको उत्तरी भेगमा भने कात्तिक अन्तिमतिरबाटै हिउँ पर्न थालेको थियो ।

सदरमुकाम सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लाका नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीमा पनि ब्यापक हिमपात भएको छ ।

यस्तै, लिमी, मुचु, तिला, जाङलगायत गाउँहरु अहिले हिउँले ढाकिएका छन् । जसका कारण एउटा गाँउबाट अर्को गाउँमा पुग्न समेत कठिनाई भएको छ । हिमपात भएपछि हिउँदे बाली सप्रिने हुँदा स्थानीयहरु खुशी भएका छन् ।

सम्बन्धित् समाचार