गृहपृष्ठ Featured बहादुरगंजमा भएकाे नेपाल-भारत मैत्री क्रिकेटको उपाधि कोटियालाई

बहादुरगंजमा भएकाे नेपाल-भारत मैत्री क्रिकेटको उपाधि कोटियालाई

कपिलवस्तु ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा संचालन भएकाे नेपाल भारत मैत्री पूर्ण क्रिकेट प्रतियोगिताको उपाधि कोटिया टिमले जितेको छ।

बहादुरगंज खेल मैदानमा भएको फाइनल खेलमा बहादुगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिया टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाई दिदै कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले खेलले व्यक्तिलाई सदैव स्वास्थ राख्दै अनुशासनमा कटिबद्ध गराउने बताउनुभयो ।

खेलकुद प्रतियोगिताले खेलाडीबीच अनुशासित र मित्रवत व्यवहारमा समेत परिर्वतन गर्ने नगरप्रमुख शाहले बताउनुभयो । उहाँले आफू पनि युवा अवस्थामा खेलाडी भएकाले खेल र खेलाडीको महत्व बोध भएको बताउनुभयाे । बहादुरगंजको खेल मैदानलाई अझै व्यवस्थित बनाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित् समाचार