काठमाडौँ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सभामुख भएपछि उनले पहिलो पटक संघीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।
आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्वसन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाएका हुन् । घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएकी थिइन् ।








