वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु जेसिजको २३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम आज शनिबार बाणगंगा १ बैरियामा रहेको जेसिजको आफ्नै भवनमा सम्पन्न भएको हो ।

कार्यक्रममा कपिलवस्तु जेसिज बर्ष २०२२ का महासचिव चन्द्रकान्त पोख्रेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले कपिलवस्तु जेसिज आफैंमा एउटा खुल्ला विद्यालय भएको बताउँदै युवाहरुलाई ज्ञान, सिप तथा क्षमताको विकासका लागी विभिन्न कार्यक्रम गरेको बताए ।
कार्यक्रममा कपिलवस्तु जेसिज बर्ष २०२२ का कोषाध्यक्ष कमल घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा कपिलवस्तु जेसिजका पुर्वअध्यक्षसहितका पदाधिकारीहरुले सुझाव दिएका थिए । सो क्रममा उनीहरुले कपिलवस्तु जेसिजद्धारा संचालित एम्बुलेन्सलाई आगामी दिनमा थप व्यवस्थित तवरले संचालन गर्नुपर्नेमा जोड दिए ।
यस्तै अब कार्यविधि नै बनाएर एम्बुलेन्स संचालन गर्ने निर्णय गरिएको कपिलवस्तु जेसिज २०२२ का अध्यक्ष तथा जेसिजका राष्ट्रिय उपाध्यक्ष गुरुदेव पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले आफ्नो कार्यकाल सफल बनाउन साथ सहयोग गर्ने सम्पुर्ण प्रति आभार समेत व्यक्त गरे ।








