गृहपृष्ठ Featured कपिलवस्तु जेसीजको अध्यक्षमा अमृत घिमिरे निर्विरोध

कपिलवस्तु जेसीजको अध्यक्षमा अमृत घिमिरे निर्विरोध

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु जेसीजको अध्यक्षमा अमृत घिमिरे निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको शाखा अधिवेशनबाट घिमिरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसि चन्द्रकान्त पोख्रेल र जेसि झबिन्द्र खनाल चयन भएका छन् भने अध्यक्ष घिमिरेले कानुनी सल्लाहकारमा जेसि प्रविनन पौडेललाई मनोनित गरेका छन् ।

यस्तै उपाध्यक्षमा जेसि तिलकराम पौडेल, जेसि रितु खरेल, जेसि इश्वरराज न्यौपाने र महेशकृष्ण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन आयुक्त गुणनिधि भुसालले जानकारी दिए ।

निर्वाचित पदाधिकारीहरुको घोषणा मनोनयन अधिकारी जेसि भिमकान्त भट्टराईले गरेका हुन् ।

अध्यक्ष घिमिरेले अन्य पदमा पछि मनोनित गर्ने बताउँदै सबैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाएका छन् ।

अध्यक्षका उम्मेदवार जेसि प्रबिन पौडेलले ककसमा आफ्नो भनाई राख्दै राख्दै बर्ष-२०२३ का लागि जेसि अमृत घिमिरेलाई अध्यक्षमा समर्थन गर्ने र बर्ष भरी बोर्डलाई सफल बनाउन लागिपर्ने बताएपछि सबै पदाधिकारी निर्विरोध निर्वाचन भएका हुन् ।

सम्बन्धित् समाचार