गृहपृष्ठ Featured नेपाल शिक्षक संघ बुद्धभूमिको अध्यक्षमा जीवलाल पन्थी निर्विरोध निर्वाचित

नेपाल शिक्षक संघ बुद्धभूमिको अध्यक्षमा जीवलाल पन्थी निर्विरोध निर्वाचित

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

नेपाल शिक्षक संघ बुद्धभूमि नगर कार्यसमितिको अध्यक्षमा जीवलाल पन्थी निर्विरोध निर्वाचित भएका छन् । आज शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट पन्थी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्ष महिला मा सिता बेल्वासे, उपाध्यक्षमा राकेश धोवी, सचिवमा नारायण प्रसाद खनाल, सचिव अर्थ मा चन्द्र बहादुर खनाल, सहसचिवमा चिन्तामणी अधिकारी, सहसचिव महिला मा सन्ध्या खनाल, सहसचिव अर्थ मा नारायणप्रसाद बेल्वासे र सहसचिव सवावेशी मा चिन्तामणी राणा र रामदयाल थारु निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा गंगा बेल्वासे, मिना गिरी, ज्ञानु आचार्य, शालिकराम भट्टराई लगायत निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिदैं मेयर केशवकुमार श्रेष्ठले शिक्षकको हकहितको पक्षमा काम गर्न सुझाव दिएका छन् । उनले प्रभावकारी शिक्षण सिकाई क्रियाकलाप संचालनका लागी शिक्षकलाई आवश्यक क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्नुपर्ने बताए ।

सम्बन्धित् समाचार