गृहपृष्ठ Featured २ दिने निःशुल्क आँखा शिविर गर्दै बुद्धभूमि नगरपालिका

२ दिने निःशुल्क आँखा शिविर गर्दै बुद्धभूमि नगरपालिका

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले निःशुल्क आँखा शिविर गर्ने भएको छ । नगरपालिकाले २ दिने (माघ ९ र १० गते) निःशुल्क आँखा शिविर गर्ने भएको हो । बुद्धभूमि नगरपालिका र छन्दकालेवावु नारायणी आँखा अस्पतालको सहकार्यमा शिविर आयोजना गर्न लागिएको मेयर केशवकुमार श्रेष्ठले जानकारी दिए ।

आँखाको चेक जाँच, मोतिविन्दुको शल्याक्रिया (अप्रेसन) र आँखाको चेक जाँचको आधारमा चस्मा समेत निःशुल्क प्रदान गरिने भएकोले आँखाको समस्या भएका सबै नगरवासीलाई शिविरको लाभ लिन मेयर श्रेष्ठले आग्रह समेत गरेका छन् ।

आँखा मानिसको संवेदनशिल अंग भएकाले यसको हेरचाहसंगै आवश्यक उपचार गर्नुपर्ने भएकाले शिविर सबैका लागी महत्वपुर्ण सावित हुने उनले विश्वास व्यक्त गरे । आर्थिक अवस्था कमजोर भएका गरिब विपन्न परिवारका सदस्यहरुलाई शिविरले राहत मिल्ने मेयर श्रेष्ठको भनाई छ ।
शिविर बुद्धभूमि ६ मा रहेको श्री महुवा वावा माध्यमिक विद्यालयमा हुने छ ।

सम्बन्धित् समाचार