वैखरी अनलाईन, बुद्धभूमि ।
घरदैलोमा सेवा पुर्याउन बुद्धुभुमी नगरपालिकाले नगर एकीकृत शिबिर सेवा शुभारम्भ गरेको छ । नगरपालिकाले वडा नम्बर ६ महुवा बाट चालु आर्थिक बर्षको लागि एकीकृत सेवाको शुभारम्भ गरेको हो । शिबिरमा वडा नम्बर ६ बासीले कृषि, पशु सेवा, पंजीकरण, स्वास्थ्य र आखा शिबिर सेवा पाएका हुन ।
शिबिरमा एकीकृत पशु स्वास्थ्य तथा भेडा बाख्रा शिबिर, बाली उपचार स्वास्थय सेवा र आखा शिबिर , ब्यवसाय दर्ता नबिकरण र परामर्श , पंजीकरण, सामाजिक सुरक्षा ज्येष्ठ नागरिक प्रमाण पत्र सेवा प्रदान गरिएको थियो । शिबिरमा सेवा दिन नगरपालिकाका बिभिन्न फाटका प्रमुख सहीत कर्मचारीहरु पुगेका थिए । सो शिबिरमा प्रदान गरिने सेवा लिन वडाका बिभिन्न गाउबाट सेवाग्राही आएका थिए । खासगरी कृषि र पशु सेवा र आखा शिबिरमा सेवाग्राहीको ठुलो भीड लागेको थियो ।
टमाटारमा लाग्ने डडुवा रोगको औषधी लिन पुगेका मेहनी मनिहरले आफुले सो रोगको औषधी पाएको बताए । उनले घर दैलोमा नै यसरी सेवा पाउदा निकै खुशी लागेको बताए । शिबिरमा खसी बाख्रा लगायतको पशुहरु समेत उपचार गरिएको थियो । पशु र बिभिन्न बालीहरुमा लाग्ने रोगहरुको औषधी कृषकहरुलाई उपलब्ध गराइएको थियो ।
मेयर केशव कुमार श्रेष्ठले आफुले जनतासं गरेको प्रतिबद्धता अनुसार जनताहरुलाई घरदैलो मै सहज सेवा उपलब्ध गराउने बताए । ‘ जनतालाई प्रभावकारी र छिटो छरितो सेवा दिन नगरपालिकाले बिभिन्न योजना समेत बनाएका छा ’ उनले भने । यस्तो शिबिर नगरपालिको १० वटै वडामा संचालन गरिने उनले बताए । उता नगरपालिकाको आयोजना र छन्छकाले बावु नारायणी अस्पताल बहादुरगंजको प्राबिधिक सहयोगमा २ दिने आखा शिबिर समेत संचालन गरिएको छ ।
शिबिरमा आखाका रोगीहरुको निःशुल्क जा, चश्मा बितरण र मोतिया बिन्दुको अप्रेशन गरिने मेयर श्रेष्ठले बताए ।








