गृहपृष्ठ Featured बर्दियामा जबर्जस्ती करणी आरोपमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ

बर्दियामा जबर्जस्ती करणी आरोपमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ

बर्दिया ।

जबर्जस्ती करणी आरोपमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । ठाकुरद्वारा नगरपालिका—३ का प्रकाश शाहलाई ठाकुरबाबा—१ भुरीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराले जनाए ।

शाहमाथि जिल्ला अदालत बर्दियाको २०५६ असार १३ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

अदालतको आदेशबमोजिम शाहलाई कैद भुक्तानका लागि बर्दिया कारागार पठाइएको छ ।

सम्बन्धित् समाचार