गृहपृष्ठ Featured गुल्मीका ५७ वटा उजुरी अख्तियारमा

गुल्मीका ५७ वटा उजुरी अख्तियारमा

गुल्मी ।

गुल्मी जिल्लाका स्थानीय तह तथा विभिन्न निकायसँग सम्बन्धित ५७ वटा उजुरी अख्तियारमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीका अनुसार  यस आर्थिक वर्षको शुरुदेखि पुस मसान्तसम्म गुल्मीका ५७ वटा उजुरीहरु परेका हुन् ।

अधिकारीका अनुसार स्थानीय तहसँग सम्बन्धित २४ उजुरी परेका हुन् भने अन्य संघ र प्रदेश अन्र्तगतका रहेका छन् । स्थानीय तहसँग सम्बन्धित उजुरीहरुमा सार्वजनिक खरिद, सडक निर्माण र अन्यमा बिद्यालय भवन निर्माण, दिवा खाजा लगायतका बिषयमा उजुरी परेको कार्यालयले जनाएको छ ।

कार्यालयमा परेका ५७ वटा उजुरीहरुमध्ये १२ वटा उजुरीहरुको किनारा लागिसकेको छ भने ४५ वटा उजुरीहरुको बारेमा अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार