गृहपृष्ठ Featured देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

बुटवल ।

रूपन्देहीको देवदह नगरपालिकाले सञ्चालन गरेको देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । अस्पताल र बीमा बोर्डबीच स्वास्थ्य बीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरू उपलब्ध गराउन विषयमा सम्झौता भएको हो ।

नगर प्रमुख ध्रुव खरेलको टोलीले बिहीबार बीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य सेवा प्रदान सम्बन्धी सम्झौता गरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य बीमा गर्ने देवदह पहिलो स्थानीय तह हो ।

नगरपालिकाले गत असोज १० गते १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ ।

सम्बन्धित् समाचार