वैखरी अनलाईन, बाणगंगा ।
समाजसेवी तथा युवा नेता सुर्य प्रसाद बरालले सामाजिक कार्य गरेर जन्मोत्सव मनाएका छन् । नेपाली कांग्रेस बाणगंगाका सचिव समेत रहेका बरालले शुक्रबार आफ्नो ४९ औ जन्मोत्सव सामाजिक कार्य गरेर बनाएका हुन् ।
बरालले तौलिहवामा रहेको कपिलवस्तु बाल गृहलाई नगद पाँच हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् भने नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखामा रक्तदान समेत गरेका छन् । बाल गृहका बालबालिकालाई आवश्यक खाद्यान्नको व्यवस्थापन गर्न आफुले गरेको आर्थिक रकमले केही भए पनि सहयोग पुग्ने उनले बताए ।
जन्मदिनमा अनावश्यक रुपमा पार्टी गरेर खर्च गर्ने पैसाले कसैको जीवनमा नयाँ उमङ्ग छाउन सक्ने उनले बताए । पश्चिमा संस्कृतिको बढ्दो प्रभावलाई कम गर्न सबैको ध्यान जानुपर्ने उनको भनाई छ । आफुले गरेको सामाजिक कामले समाज सकारात्मक सन्देश जाने उनले विश्वास समेत व्यक्त गरे ।
रगत अभावमा कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान गरेको उनले बताए । उनले आफ्नो जन्मदिन अनावश्यक खर्च नगरि सामाजिक कार्यमा समर्पित भई मनाउन अपिल समेत गरे ।
बरालले आफ्नो हरेक जन्मदिन सामाजिक कार्य गर्दै मनाउँदै आएका छन् ।