गृहपृष्ठ Featured रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

प्रकाशित मिति:

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

रवि लामिछानेलाई सभापति चुन्न रास्वपाका आजै छाेटाे समयमा तीन बैठक बसे। पहिलाे बैठकमा रविलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरि पारित गरिएको थियो । दाेस्राे बैठकमा सभापति प्रस्ताव गरीएको थियो । तेस्रो बैठक रविकाे सभापतित्वमा चलिरहेकाे छ ।

सम्बन्धित् समाचार