गृहपृष्ठ Featured सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन प्रधानमन्त्रीसँग सहयोग मागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा थापाथलीमा रहेका सुकुम्वासी हटाउन सरकारको सहयोग माग गरेका हुन् ।

सोमबार बिहान भएको भेटमा बालेनले प्रधानमन्त्रीसँग यस्तो सहयोग मागेका हुन् ।

मेयर शाहका स्वकीय सचिव भुपदेव शाहका अनुसार प्रधानमन्त्री यस विषयमा सकारात्मक छन् । यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो ।

सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।

सम्बन्धित् समाचार