गृहपृष्ठ Featured अर्घाखाँचीमा करेन्ट लागेर एक युवकको मृत्यु

अर्घाखाँचीमा करेन्ट लागेर एक युवकको मृत्यु

सन्धिखर्क । 

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ ढिकुरामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।

ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका-७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिए।

सम्बन्धित् समाचार