काठमाडौं ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ ।
माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत प्रदान गरि सकिएको जानकारी दिनभयो । निर्वाचनमा नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य, नेकपा (एमालें बाट कुमार दसौती र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रविर राय उम्मेदवार रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी तीन सय पाँच जना मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।








