वैखरी अनलाईन, बाणगंगा ।
संघीय सांसद रुपा विक पोख्रेलले १३ औं कपिलवस्तु महोत्सव मौलिक पहिचानको महोत्सव भएको बताएकी छिन् । मंगलबार महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । हरेक जातजातीले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शन गर्ने स्थलका रुपमा महोत्सव स्थापित भएकोमा उनले खुशी व्यक्त गरिन् ।
महोत्सवले यस क्षेत्रको व्यापार, व्यवसायदेखि पर्यटन, कृषिको प्रवद्र्धनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरिन् । महोत्सवले बहुआयामिक महत्व राख्ने उनको भनाई छ ।
‘महोत्सवले यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्न सहयोग गरेको छ,’ उनले भनिन, ‘यस महोत्सवलाई सफल बनाउन म मेरो स्थानबाट प्रतिवद्ध छु ।’
महोत्सवलाई कपिलवस्तुकै उत्सावका रुपमा लिन उनले आग्रह समेत गरिन् ।
उनी कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् ।








