कपिलवस्तु ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र, आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा बुद्ध रंगशाला जितपुरमा जारी १३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको व्यवस्थापन पक्ष अहिलेसम्मकै उत्कृष्ट भएको कलाकार र दर्शकले बताएका छन् ।
चुनौतिकाविच माघ १७ गतेदेखि सुरु भएको महोत्सव कस्तो हुन्छ भन्ने आयोजकमा एक प्रकारको डर र त्रास थियो । तर चौथोदिनसम्म गरिएका कार्यक्रम, दर्शकको उपस्थिति र कलाकारको भनाईमा महोत्सवको व्यवस्थापन पक्ष अहिलेसम्मकै उत्कृष्ट भएको छ ।
महोत्सवमा अहिले तिन चार कुरा विशेष छन् । तीमध्ये स्टेज पहिलो नम्बरमा छ भने बग्गीबाट अतिथिलाई गरिने सत्कार त्यसपछिको नम्बरमा आउँछ । महोत्सवको लागि नेपालमा बनाइने गरेका स्टेजमध्ये यो स्टेज सबैभन्दा ठुलो र विशेष रहेको महोत्सवका निर्देशक छवि रेश्मीको दावी छ । रेश्मीको यो दावीलाई सत्य प्रमाणित गरिदिएका छन् कलाकारले पनि । उनीहरुले यसअघि पनि कपिलवस्तु महोत्सवमा आएको स्मरण गर्दै कठिन परिस्थिति हुँदाहुँदै व्यवस्थापनको पक्षमा अहिलेको आयोजकले धेरै मिहिनेत गरेको बताउँछन् ।
चौथो दिन २० गते चर्चित गायक तथा मोडल प्रकाश सपुतले खुलेरै स्टेज र व्यवस्थापनको प्रसंसा गरे । मंञ्च चढेपछि उनले भनेका थिए ुयहाँको मञ्च, दर्शक र अतिथि सत्कार साच्चै स्मरणय छ । यति ठुलो र आकर्षक मञ्च देशविदेशमा विरलै देखिन्छन् । आयोजलाई धेरैधेरै बधाई ।’
यहाँको अतिथि सत्कारले आफूले दोश्रो पटक विहे गरेको अनुभव गरेको समेत उनले बताए । उनले भने ‘मेरो दोश्रोपटक विहे भएको अनुभव गरेको छु । एकपटक पहिले र अहिले फेरि । वग्गी चढेर मंचमा आउँदै गर्दा मलाई विहे गरिरहेकै अनुभव भयो ।’
अन्तिममा उद्घोषक चन्द्रकान्त न्यौपानेले यहाँको मञ्च चढ्दा कस्तो अनुभव हुन्छ रुभनेर प्रश्न गर्दा उनले यहाँ राम्रो स्थानमा घडेरी किनेरै घरजम गर्न मन भएको बताएका थिए । सोही दिन नै प्रस्तुति दिएकी दोहोरी गायिका सपना रानाले पनि स्टेजको निकै प्रससा गरिन् । सपुत र सपनाले मात्र नभएर त्यसअघि दोश्रो र तेश्रो दिनमा प्रस्तुति दिएका चर्चित गायकहरु पशुपती शर्मा र कमल खत्रीले पनि आयोजकको प्रसंसा गरेका थिए ।
पशुपति शर्माले कपिलवस्तुको मंचमा टेक्न पाउनु नै सौभग्य हुने बताएका थिए । मञ्चमा त्यति नबोलेर दर्शकलाई झुमाएका कमल खत्रीले अनौपचारिक कुराकानीमा अहिलेको कपिलवस्तुको महोत्सवमा गरिएको अतिथि सत्कार र बनाइएको स्टेज पहिलेकोभन्दा निकै राम्रो रहेको बताएका थिए ।
मघ १७ गते भएको उद्घाटन सत्रमा सहभागि भएका मन्त्री, सांसद, मेयर र अरु अतिथिले पनि यहाँको व्यवस्थापनको प्रसंसा गरेका थिए । निर्देशक रेश्मीले सामाजिक संजालमा यहाँको अतिथि सत्कारको बग्गी र मञ्च देखेर अरु कलाकारले पनि प्रस्तुतिको लागि अनुरोध गरिरहेको बताए ।
उनी भन्छन् ‘महोत्सव सफल असफल जे होला तर चुनौतिकाबिच ब्यवस्थापनमा कुनै कसर बाँकी राखिएको छैन । कतिपय ब्यक्तिले महोत्सव असफल भयो भन्ने खालका भ्रम सिर्जना गरका पनि सुनिन्छ । तर कठिन परिस्थितिको महोत्सवले उत्साह दिएको छ ।’ माघ २९ सम्म महोत्सव पूर्णतया सफल हुने उनले दावी गरे ।
महोत्सवका संयोजक तथा संघका अध्यक्ष डोलकराम घिमिरेले पनि महोत्सवको ब्यवस्थापनको चौतर्फी चर्चा हुँदा खुसी लागेको बताए । चौथोदिनसम्म दर्शकको उत्साहजन सहभागिता भइरहेकाले आगामी दिनमा अझै ब्यवस्थित गराउनेतर्फ आफूहरु लागि परेको बताए । यसपटक महोत्सव गर्न चुनौति भए पनि कुरा काट्नेहरुको कुरा नसुनेर आफू अघि बढ्ने उनको भनाई छ । आफ्नै पालामा गायन आइडल सुरु गरी यस क्षेत्रका गायन प्रतिभाको खोजी सुरुवात गर्न पाउँदा निकै खुसी भएको संयोजक घिमिरे बताउँछन् ।
संघका महासचिव मनोज पौडेलले सबैले अपनत्व गरे महोत्सव सफल हुने भन्दै आर्थिक अभावका बाबजुत पनि ब्यवस्थापनमा कुनै कमी हुन नदिइएको बताए ।
स्टेज र बग्गीको साथमा पहिलो गायन आइडल,स्टलको सजावट, बाल उद्यान, शैक्षिक, कृषि र अटो प्रदर्शनी, थारु सांस्कृतिक घर, बिभिन्न स्थानका सेल्फी जोन अहिलेका महोत्सवका मुख्य विशेषता हुन् ।