रूपन्देही ।
लुम्बिनी प्रदेशले विविध कार्यक्रम गर्दै शनिबार छैटौं स्थापना दिवस मनाएको छ । दाङको देउखुरीमा विभिन्न झाँकी र र्यालीसहित प्रदेशको स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले संविधानको पूर्ण कार्यान्वयन गर्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने जिम्मेवारी राजनीतिक दलहरुको रहेको बताएका छन् । संविधान अनुसार प्रदेश संघीय सरकारको इकाइ नभएको उनको भन्दै यसलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।
‘संविधानमा कतै उल्लेख छैन संघीय सरकारको इकाइ प्रदेश हो भनेर, हामी यो भ्रमबाट मुक्त हुनुपर्छ,’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन संविधान पूर्ण कार्यान्वयन हुनुपर्छ ।’ त्यसले मात्र संघीयता संस्थागत हुन सक्ने उनले बताए । संविधानमा उल्लिखित तीन तहका सरकारका साझा अधिकारको सूचीलाई कार्यान्वयन गर्न साझा कार्यक्रम बनाउन पनि उनले संघीय सरकारको ध्यानाकर्षण गराए ।
लुम्बिनी प्रदेशमा २०७४ माघ २१ गते पहिलो बैठक बसेको थियो । त्यसैलाई आधार बनाएर प्रदेशसभा सचिवालयले हरेक वर्ष माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।








